काठमाडौं । जारी १९औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमबार चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सको सामना गर्दैछ । गुहावटीमा रहेको बार्सापरा क्रिकेट रंगशालामा हुन लागेको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुँदैछ ।
हालसम्म आइपीएलमा यी दुई टोली २७ पटक आमने सामने भएका छन् । चेन्नईले १५ पटक राजस्थानविरुद्ध खेल जितेको छ भने राजस्थानले १२ पटक चेन्नईलाई हराएको छ । दुवै टोलीको लक्ष्य प्रतियोगितामा विजयी हुँदै अघि बढने हुनेछ।
