वीरगञ्ज । गत वैशाख ६ गते जिल्ला प्रहरी पर्साले वीरगञ्जको महाबीरस्थानस्थित पम्प बिल्डिङमा रहेको गोदाममा छापामारी गरेर करोडौंको सामान बरामद गरेको थियो । उक्त बिल्डिङबाट जम्मा २ करोड २० लाख रुपैयाँ बराबरको कपडा बरामद भएको प्रहरी जनाएको छ ।
त्यसैगरी शुक्रबार र शनिबार प्रहरीले अन्य ४ वटा गोदाममा छापा पारेर थप एक करोड रुपैयाँ मूल्यको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको थियो । आइतबार जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेर्को विज्ञप्तिमा पम्प विल्डिङका ६ वटा गोदाममा छापा मारेर राजस्व छलीको कूल दुई करोड बीस लाख बराबर मूल्यको कपडा बरामद गरेको उल्लेख छ ।
६ वटा गोदामबाट भारतका विभिन्न ब्राण्डका सर्टीङ–सुर्टीङ, सुती र ढाकाको थान कपडा। साडी,कूर्था–सुरुवाल,धोती लगायतका करिब ३ ट्रक कपडा बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
बरामद गरेको भन्छार छलीका सामान कसको हो भन्ने विषयमा बजारमा चर्चा चलिरहेको बेला जिल्ला प्रहरी कार्यालय पर्साले सामानधनी २ जनाको नाम खुलेको जनाएको छ ।
जसमध्ये वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का रामएकबाल कुशवाहा र वडा नम्बर १६ का आकाश कुमार गुप्ताको मात्र पहिचान खुलेको पर्साका प्रहरी नायब उपरीक्षक थापाले जनाएको छ भने अन्य चार वटा गोदामको साहुको हो भन्ने खुल्न नसकेको प्रहरी नायब उपरीक्षक थापाले बताए । बरामद कपडा आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले जनाए ।



