वीरगञ्ज । बैशाख बिधि पर्वक मनाइने छठ पर्वको आज तेस्रो दिन असाउँदो सूर्यलाई अर्घ दिइदैछ । कठिन उपासना साथ मनाइने छठ पर्व चार दिन सम्म वर्त बसि मनाइने गरिन्छ । छठको लागि वीरगञ्ज सहित मधेशको राजधानी जनकपुरधाम सहितका ठाउँहरुका तलाव पोखरी र जलाशयहरु जसाउँने काम अन्तिम चरणमा पुगेको छ ।
आज अस्थाउँदो सूर्य लाई अर्घ दिइने छ । भोली उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ सकिन्छ । त्यसपछि ब्रतालुहरुलाई अन्न खान पाउँछन् । भोलीको दिनलाई मधेशमा पारनपनि भन्छि । कार्तिकमा मनाइने छठ पर्वको जस्तो रौनकता नदेखिएपनि मधेशमा छठको उल्लास र संगीतले महौल छठमय भएको छ ।
आज चैती छठको तेस्रो दिन रहेको छ । कार्तिक महिनामा मनाइने छठ र चैतमा मनाइने छठको बिधि एउटै हुन्छ ।
आज खरनाका व्रतालुहरूले दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि मात्रै फलाहार ग्रहण गर्ने छन् । माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा खाने गर्छन् ।
दिनभरि उपवास गर्ने व्रतालुले सूर्यास्तपछि चन्द्र दर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । व्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन् ।
पर्वको तेस्रो दिन सूर्य उपासनाको निराहार व्रत बसेर व्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई नेपालको भोजपुरी क्षेत्रमा क्षेत्रमा ‘संझिया अर्घ’ भन्ने गरिएको छ । त्यसै गरी सप्तमीका दिन बिहान व्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने चलन छ । यसलाई ‘परना’ भनिन्छ ।
चार दिन सम्म कठिन उपासनाका साथ मनाईने पर्वको बिचमै यस बर्ष नेपाली नयाँ बर्ष परेको छ । छठ मनाउँने र नमनाउँने दुवै वर्गले छठ अवधी भरी सकहारी वस्ने भएको हुँदा खाने पिउनेहरुको लागि यस बर्षको नयाँ बर्ष अलि खल्लो भएको कतिपयको भनाई रहेको छ ।
