काठमाडौं । मधेश प्रदेश सभाका नवनिर्वाचित सभामुख रामअशिष यादवले लोकतान्त्रिक मूल्य–मान्यताअनुसार प्रभावकारी, उत्तरदायी र मर्यादित रुपमा प्रदेशसभा सञ्चालन गर्ने बताउनुभएको छ ।
सोमबार जनकपुरस्थीत प्रदेशसभा सचिवायमा पुगेरमा पदभार ग्रहण गर्र्दै सभामुख यादवले आफू कुनै दलको प्रतिनिधि नभई साझा अभिभावकका रुपमा लोकतान्त्रिक मूल्य–मान्यताअनुसार प्रदेशसभा सञ्चालन गर्ने बताउनुभएको हो ।
विरोध लोकतन्त्रको आत्मा भएपनि विरोध मर्यादित र समाधानमुखी हुनुपर्नेमा उहाले जोड दिनुभयो । यादवले विषयगत समितिहरूलाई सक्रिय बनाउँदै विधेयकहरुमाथि प्रभावकारी ढंगले छलफल, संशोधन र सहमति निर्माणमा सभामुखको भूमिकालाई प्रभावकारी बनाइने बताउनुभयो ।
उहाले सभामुख नहुँदा उपसभामुखले खेल्नुभएको भूमिकाको प्रसंसा गर्नुभयो । राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई बढावा दिदै आफु अघि बढ्ने उहाको भनाइ छ ।
