जनकपुरधाम– मधेस प्रदेशको सभामुखमा जनता सामाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन्।
शनिबार प्रदेश सभा सचिवालयमा पुगेर यादवले उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह रहेका छन् भने समर्थकमा माओवादी केन्द्रका फकिरा महत्व रहेका छन्।
यादव सात दलको समर्थनमा सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट दुई पटक प्रत्यक्षमा निर्वाचित भएका छन् ।
प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले अहिलेसम्म एउटा उम्मेदवारी मात्र परेको बताए। सभामुखको उम्मेदवारीका लागि आज दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ।
यस अघिका सभामुख रामचन्द्र मण्डलविरुद्ध पदनुकूल आचरण नगरेको प्रस्ताव दुईतिहाइले पारित भएपछि सभामुख पद रिक्त रहेको छ।



