काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले संसद अवरुद्धको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभएको छ ।बुधबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थिङले करिव १ महिनादेखि प्रतिपक्षीले उठाएका बिषयमा सरकार गम्भीर नभएका कारण सदन अवरुद्ध भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभएको हो ।
अहिले सहकारी प्रकरणको बिषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने कांग्रेसको माग महत्वपूर्ण भएकाले यसमाा निष्कर्षमा पुगेपछि सदनमा बिशेष महत्वको प्रस्ताव लगाएत अन्य विधेयकमा छलफल गर्न सकिने उहाले बताउनुभयो । उहाले आफ्ना मागका बारेमा ध्यानाकर्षण गराउन कांग्रेसले चाहेको कदम गलत भएको दावी गर्नुभयो ।
त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले अहिलेका बिषयहरुलाई टुङ्गोमा पुराउन छलफललाई निरन्तरता दिनुपर्ने बताउनुभयो । देश र जनताको हितमा दलहरुले काम गर्नुपर्ने भन्दै कांग्रेसले ढिलाई गरेपनि सहमतिमा पुगेरै छाड्ने उहाले बताउनुभयो । सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै बुधबार पनि कांग्रेसले सदन अवरुद्ध गरेको थियो ।



