जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती नाकाका आसपास केही शंकास्पद व्यक्तिहरू देखिएको सूचनापछि सबैलाई सतर्क रहन अनुरोध गर्दै अत्यन्त जरुरी सूचना जारी गरेको छ।
प्रशासनका अनुसार विभिन्न संघ संस्था ले सुरक्षा व्यवस्था कडा बारे बिज्ञपती बुझाएको तथा समाचार माध्यम तथा कार्यालयमा आएको सार्वजनिक जानकारीका आधारमा सीमाबाट परिचय नखुलेका व्यक्तिहरू नेपालतर्फ प्रवेश गर्ने प्रयास गरिरहेको अनुमान गरिएको छ।
यस्तो अवस्थामा सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै प्रशासनले सर्वसाधारण नागरिकलाई सहकार्य र सूचना प्रवाह गर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्सा का सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जारी गर्नुभएको सूचनामा भनिएको छ— सुरक्षासम्बन्धी संवेदनशील अवस्था सिर्जना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कुनै पनि शंकास्पद व्यक्ति, समूह वा गतिविधि देखिएको खण्डमा नजिकैको सुरक्षा निकायलाई तुरुन्त जानकारी दिनुहोला।”
सूचनामा प्रशासनले अनावश्यक रूपमा अफवाह नफैलाउन, विभिन्न भ्रमहरूमा नपर्न र सुरक्षासम्बन्धी निर्णयप्रति सहयोग गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै अपरिचित व्यक्तिले वा समुहलाई घर कोठा वा कुनै पनि काम मा न राख्न स्थानीय लाई जिल्ला प्रशासन कार्यालय पर्सा ले अनुरोध पनि गरेका छन
जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्थालाई थप कडा बनाउँदै सम्भावित जोखिम कम गर्न सबै निकायलाई सचेत र सक्रिय रहन निर्देशन दिएको छ।



