वीरगञ्ज । विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१६ रजतचौक नजिक चेकजाँचका क्रममा प्रहरीले ठूलो परिमाणमा नक्कली भारतीय नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत विपद् व्यवस्थापन तथा अनुसन्धान शाखाबाट खटिएको टोलीले मिति २०८१/०९/१२ बिहान करिब ९स्०० बजे मोटरसाइकलमा सवार ब्यक्ति को (प्रदेश ३–०२–००५ प ९२६२) रोक्कि जाँच गर्दा अगाडिको ‘फिल्टरबक्स’मा लुकाइ–छिपाइ राखिएको नक्कली भारतीय नोट फेला पारेको हो।
प्रहरीले बरामद गरेको नोटहरूमा भारतीय १,००० दरका ७०० थान (७ लाख), ५,००० दरका ६०० थान (३ लाख) गरी जम्मा १० लाख भारतीय रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत, बिहार राज्य मोतिहारी जिल्लाको रक्सौल थाना–११ बस्ने ५३ वर्षीय सुन्दर साह रहेका छन्। बरामद नक्कली नोटसहित उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले घटनास्थलमा भेटिएका नक्कली नोट र पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको र नक्कली नोटको स्रोत, कारोबार चक्र तथा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र बनाइएको जानकारी दिएको छ जिल्ला प्रहरी कार्यालय पर्सा का प्रबक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत द्धारा जानकारी।
