काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज २१ सयले घटेको छ। अघिल्लो दिन मंगलबार ४ हजार ९०० ले बढेको थियो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज २६ सयले घटेर एक तोला सुनको मूल्य २ लाख ४४ हजार ३०० कायम भएको छ।
सुनको मूल्य घटे पनि चाँदीको भाउ भने सामान्य वृद्धि भएको छ । महासंघका अनुसार ५ रुपैयाँले बढेर प्रतितोला चाँदी ३ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार एक तोला चाँदी ३ हजार १७० रुपैयाँमा खरिदबिक्री भएको थियो।
