काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। कुल ११० सदस्यीय प्रदेशसभामध्ये ७४ जना सांसदको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले सर्वोच्चमा रिट दायर गरेका थिए।
रिटमा मुख्यमन्त्री नियुक्ति संविधानको धारा १६८(३) विपरीत भएको दाबी गर्दै तत्कालीन नियुक्ति निर्णय स्थगन गरी पुनः संवैधानिक प्रक्रिया अनुसार सरकार गठनको आह्वान गर्न अन्तरिम आदेश माग गरिएको छ।
सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिटमा आजका लागि पेसी तोकिएको छ। उनका अनुसार, आज प्रारम्भिक सुनुवाइपछि अदालतले अन्तरिम आदेश दिने वा अर्को मितिमा विस्तृत सुनुवाइका लागि पेश गर्ने निर्णय गर्न सक्छ।
