वीरगंज, कार्तिक २६ । वीरगंज महानगरपालिका–२४, रामगढवा एकता युवा क्लबले “रक्तदान जीवनदान, सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
क्लबका अनुसार उक्त रक्तदान कार्यक्रम २०८२ कार्तिक २९ गते, शनिबार बिहान ७ बजे रामगढवास्थित काशी विश्वनाथ कलोनी, पर्सामा हुने भएको हो।
कार्यक्रमको उद्देश्य युवाहरूलाई सामाजिक सेवा र मानवतामूलक कार्यमा संलग्न गराउने रहेको क्लबका पदाधिकारी त्रिलोकी पटेलले जनाएका छन्। साथै, क्लबले स्थानीय युवादेखि समुदायका सबै व्यक्तिहरूलाई रक्तदानमा सहभागी भई मानव जीवन बचाउने अभियानमा हातेमालो गर्न आह्वान गरेको छ।
कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी र विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने जनाइएको छ। आयोजक रामगढवा एकता युवा क्लब परिवार वीरगंज महानगरपालिका–२४, रामगढवा, पर्सा
