काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजि क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको भएको बताउनुभएको छ । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले मुलुकको आर्थिक बिकासमा निजि क्षेत्रको भूमिका अपरिहार्य भएकाले निजि क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको भएको बताउनुभएको हो ।
उहाले एक हप्ताभित्र सदनबाट आवश्यक कानून परिमार्जन गरेर उद्योगमन्त्री र लगानीमैत्री वातावरण सिर्जना गर्ने जिकिर गर्नुभयो । समायानुकल उद्योग नीति, बाणिज्य नीतिहरुलाई समयमानुकुल अघि बढाउने उहाले बताउनुभयो । मन्त्री भण्डारीले आगामी आर्थिक बर्षको बजेटले उद्योगहरुलाई दिनुपर्ने सहुलियतलाई ध्यान दिइने जिकिर गर्नुभयो । अहिलेको कर प्रणालीमा निजि क्षेत्रको असन्तुष्टिलाई अगामी बजेटले सम्बोधन गर्ने उहाले बताउनुभयो ।



