असोज २५ वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा आज शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिमरास्थित अक्कलबहादुर कार्की अस्पतालको आयोजनामा उक्त शिविर आयोजना गरिएको हो।
शिविरमा नारायणी अस्पतालका डा. दीपक चौरसिया, न्युरो सर्जन डा. सफरोज अन्सारी, छाला रोग विशेषज्ञ डा. अभिषेक सुमन र नेत्र रोग विशेषज्ञ डा. प्रभात चौरसियाले स्वास्थ्य परीक्षण गरेका थिए।
स्वास्थ्य परीक्षणसँगै आवश्यक बिरामीहरूलाई निशुल्क औषधि वितरण गरिएको डा. दीपक चौरसियाले जानकारी दिए।
दिपावली तथा छठ पर्वको अवसरमा आयोजित उक्त निशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीको स्वास्थ्य परीक्षण भएको थियो।
