२१ साउन,वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी स्वास्थ्य चौकिमा रहेको बर्थिंग सेन्टरमा जनशक्ति अनमीको कमी लगायत बिभिन अवस्था दैनियरहेको कारण बर्थिंग सेन्टर मा आउने सेवाग्राहीहरु लाई समस्या भईरहेको छ। स्वास्थ्य चौकी लंगडी मा दुई बर्ष देखि एक मात्र अनमी रहेको र कहिले खुलने कहिले बर्थिंग सेन्टर बन्द रहने गरेको ले सो क्षेत्रका गर्भवती महिलाहरु लाई समस्या खेपनु परी रहेको गुनासो गरेका छन।
जब नेपाल सरकार ले सारकारी स्वास्थ्य संस्था हरुमा २४ से घन्टा बर्थिंग सेन्टर संचालन मा राखन निर्देशन दिएको मा अहिले स्वास्थ्य चौकी लंगडी बर्थिंग सेन्टर मा जनशक्ति अनमी ह हरु कमी भएको कारण महिना मा बीस दिन बन्द रहने गरेको कारण गर्भवती महिला हरु लाई सुत्केरी गराउन बिरगंज लगायत टाडा का अस्पताल मा जानू परिरहेको ले महिला हरु मा समस्या देखिएको छ।
बर्थिंग सेन्टर लंगडी मा जनशक्ति अनमी एक मात्र रहेको र कहिले कहिले छुटी त कहिले गोस्टी सेमिनार मा गएपछी करिब बीस दिन सम्म बर्थिंग सेन्टर बन्द रहने गरेको स्थानिय हरु को गुनासो रहेको छ। २०८२र०८३ मा लंगडी बर्थिंग सेन्टर मा १७ जना बच्चा जन्म भएको स्वास्थ्य संस्था का प्रमुख जयन्त पटेल ले जनाए का छन।
प्रमुख पटेल ले भने म २०८१र०८२ मा आएका थिए त्यो वर्षमा ४७ वटा गर्भवती महिला हरु ले सुरक्षित बच्चा को जन्म दिएको थियो । अहिले बर्थिंग सेन्टर मा अनमी जनशक्ति को कारण समस्या भोगनु परिरहेको बताए ।
धोबिनी गाउँपालिका ले एकै चोटि १५ जना करार का स्वास्थ्य कर्मचारी हरु लाई हटाएको ले अहिले स्वास्थ्य संस्था मा काम गर्न समस्या देखिएको छ। मआउनु भन्दा स्वास्थ्य संस्था मा २ जना अहेब , तीन जना अनमी रहेको बेला स्वास्थ्य संस्था मा फुलफिल जनशक्ति हरु रहेको बेला स्वास्थ्य संस्था र बर्थिंग सेन्टर लंगडी लगायत अन्यका संस्था को अवस्था ठिक थियो तर अहिले जनशक्ति अनमी को नरहेको कारण अहिले बर्थिंग सेन्टर को अवस्था दैनिय रहेको गर्भवती महिला हरु लाई सासती भोगनु परिरहेको छ।
स्वास्थ्य चौकी लंगडी बर्थिंग सेन्टर का कार्य क्षेत्र ठूलो रहेको एक जना अनमी रहेको र यसमा कमती मा तीन देखि चार जना अनमी हुनु पर्नेमा अहिले एक जना रहेको ले नियमित काम गर्न समस्या देखिएको कारण अधिकांस गर्भवती महिला हरु ले प्रशुती गरान बिरगंज लगायत ठाउमा जान लागेको देखिएको छ।
जनशक्ति अनमी लगायत स्वास्थ्यकर्मी कमी को बारेमा गाउँपालिका अध्यक्ष मदन चौहान , प्रमुख प्रशासकीय अधिकृत कृष्ण खतिवडा र स्वास्थ्य प्रमुख केबिन्द्र यादव संग बारमबार जानकारी गराएपनी अहिले सम्म कुनै पहल नभएको जनाए । अहिले स्वास्थ्य चौकी लंगडी मा आउन बाटोघाटो को समस्या पनि त्यसैछ। स्वास्थ्य संस्था मा जानलाई बाटो घाटो को समस्या ले गर्दा अहिलेसमस्या देखिएको छ।
