असोज २५ बीरगज । शसस्त्र प्रहरी बल पर्सा द्वारा ५किलो लागि औषध गाँजा सहित २ जना लाई पक्राउ गरेका छन ।
, बिन्दवासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सशस्त्र प्रहरी बल, बी.ओ.पी. अमरपट्टीका शसस्त्र प्रहरी निरीक्षक डी.एस.३३४५ . कृष्णबहादुर के.सी. नेतृत्वको टोलीले दुई युवालाई गाँजा सहित नियन्त्रणमा लिएको हो ।
टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको ना.१३ प.४६१८ नं.को रातो–कालो कलरको YAMAHA कम्पनीको ALBA मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा ५ के.जी.लागु औषध गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरी बल अमरपटी का कार्यालय प्रमुख शसस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर के सी का अनुसार मोटरसाइकलमा सवार
.पर्सा, गढी नगरपालिका–९ बस्ने बर्ष २२ को सरोज प्रसाद यादव, तथा
जगरनाथपुर गाउँपालिका–६ बस्ने बर्ष ९ का शरन यादव, रहेका छन्।
चेकजाँचको क्रममा उनीहरुको साथमा रहेको गाँजा सहित दुबै जनालाई पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी अमरपट्टीले जानकारी दिएको छ। पक्राउ परेका ब्यक्ति बाट
बरामद सामग्रीहरू:
१. गाँजा – ५ के.जी.
२. मोटरसाइकल – १ थान (YAMAHA ALBA)
३. मोबाइल रियलमी – १ थान
४. घडी (Standard कम्पनी) – १ थान
५. नेपाली नगद – रू. २१०
प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाएको शसस्त्र प्रहरी बल पर्सा ले जनाएको हो
