काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा शनिबार भर्ना भएका छन् ।
शनिबार जेनजी प्रतिनिधिहरूसँग छलफलका लागि तय गरिएको बैठक स्वास्थ्य समस्या देखिएपछि दुई दिनका लागि सारिएको थियो। त्यसपछि राष्ट्रपति पौडेल अस्पताल गएका हुन् ।
अस्पताल स्रोतका अनुसार राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको करिब दुई घण्टा बितिसकेको छ र अहिले प्रारम्भिक परीक्षण हरू भइरहेको छन् । राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे थप जानकारी केही समयपछि औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
