वीरगंज । मिति २०८२ साल असोज २४ गते बिहान करिब ९:३० बजे जिल्ला पर्सा, वीरगंज महानगरपालिका–१ स्थित सुकुमारवारी टोलका विभिन्न घर र खेतमा चोरी पैठारी गरी ल्याइएका जुत्ता, कपडा र अन्य इलेक्ट्रोनिक सामग्रीहरू भण्डारण गरी राखिएको विशेष सूचनाका आधारमा शसस्त्र प्रहरी बल पर्सा का सुरक्षाकर्मीहरूले छापा मारी गरी नियन्त्रणमा लिएका छन्।
सीमा सुरक्षा गुल्म वीरगंजका सशस्त्र प्रहरी नायब निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा ८ जना, इलाका प्रहरी कार्यालय छपकैया नायब निरीक्षक मदनबहादुर मल्लको कमाण्डमा २० जना तथा भन्सार कार्यालयबाट नासु गोविन्द कडेलको नेतृत्वमा खटिएका टोली संयुक्त छापामारी गरी उक्त समानहरु नियन्त्रणमा लिएका थिए।
संयुक्त टोलीले सो क्रममा जुत्ता, कपडा र इलेक्ट्रोनिक सामग्रीसहित करिब रु.५,१२,५७५ बराबरका सामान नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सामानहरू बिहान ११:३० बजेको समयमा आवश्यक कार्वाही का लागी बीरगंज भन्सार कार्यालयमा दाखिला गरेको शसस्त्र प्रहरी बल गण १३का सुचना अधिकारी शसस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्की द्धारा जानकारी।
