काठमाडौं । शुक्रवार र शनिवारको ठूलो वर्षापछिको विपद्जन्य घटनामा परी मृत्यु हुनेको संख्या ५२ पुगेको छ । अरू सात जना बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी पहिरो र त्यसपछि भएको दुर्घटनामा कोशी प्रदेशमा मात्रै ४९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ३७ जना इलामका छन् । यस्तै पाँचथरमा आठ जना, उदयपुरमा दुई जना र खोटाङका दुई जनाको मृत्यु भएको छ ।
रौतहटमा तीन जना र काभ्रेमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बाढीपहिरोमा परेर रसुवामा चार जना, बारामा एक जना, इलाममा एक जना र काठमाडौंमा एक जना बेपत्ता छन् ।
