रौतहट । रौतहटको ईशनाथ नगरपालिका-९ डुमरीया गाउँमा आज बिहान एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।स्थानीय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएको छ । खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।
आगलागी बाट अन्नपात, गरगहना र लत्ताकपडा गरी छ लाख ५० हजार बराबरको सरसामान पूर्ण रूपमा जली नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् । स्थानीय र प्रहरीचौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगबाट बिहान ९ बजेको समयमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



