वीरगञ्ज । जेनजी आन्दोलनको चर्को प्रभावका बीच वीरगञ्जमा रहेको ८८ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ८८को पार्टी कार्यालयमा मंगलबार बिहान आगजनी गरिएको छ । सोमबार प्रहरीद्वारा आन्दोलनकारीमाथि गोली चलाउँदा १९ जना युवाको मृत्यु भएको घटनापछि देशभर आक्रोशित प्रदर्शन चर्किएको छ।
प्रत्यक्षदर्शीका अनुसार एक समूहले वीरगञ्जस्थित एमाले कार्यालय अगाडि नाराबाजी गर्दै तोडफोड गरेको थियो। त्यसपछि भवनमा आगो लगाइएको हो। आगलागीबाट पार्टी कार्यालयमा आंशिक क्षति पुगेको बताइएको छ। प्रहरी र दमकलको टोलीले आगो नियन्त्रणमा लिएको छ।
देशव्यापी आक्रोश
यसअघि सोमबार देशभर फैलिएको न्भल श् आन्दोलनका क्रममा प्रहरीले विभिन्न स्थानमा गोली चलाउँदा कम्तीमा १९ जनाको मृत्यु भएको थियो। सामाजिक सञ्जाल बन्द, शान्तिपूर्ण प्रदर्शनमाथिको बल प्रयोग, र सत्ताको मौनताप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन चर्किंदै गएको छ।
वीरगञ्ज, काठमाडौं, ललितपुर, पोखरा, बिराटनगर लगायतका सहरमा आज पनि प्रदर्शन जारी छ। सडकमा उत्रिएका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र संसद विघटनको माग गरिरहेका छन्।
सुरक्षा अवस्था थप संवेदनशील
आन्दोलन हिंसात्मक बन्दै गएपछि देशभरको सुरक्षा अवस्था थप संवेदनशील बन्न थालेको छ। प्रमुख शहरहरूमा सुरक्षाकर्मी परिचालन बढाइएको छ। तर, आन्दोलनरत पक्षले दमनको जवाफ अझ सशक्त रूपमा दिने चेतावनी दिएका छन्।
