काठमाडौं । भारतीय बलर अमित मिश्राले सबैखाले क्रिकेटबाट सन्न्यास लिएका छन् । ४२ वर्षीय लेगस्पिनर मिश्राले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन् । मिश्राले सन् २००३ देखि २०१७ सम्म सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।
यस अवधिमा उनले २२ टेस्ट, ३६ एकदिवसीय र १० टी–२० क्रिकेट खेल्दै १ सय ५६ विकेट लिएका छन् । यद्यपि उनले गएको वर्षसम्म फ्रेन्चाइजी लिग खेलेका थिए । उनले सन् २०२४ को इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनउ सुपर जायन्ट्सबाट खेलेका थिए ।
मिश्राले आईपीएलमा दिल्ली डेयरडेभिल्स (अहिले क्यापिटल्स), डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र लखनउ गरी ४ वटा टोलीबाट खेले । उनले आईपीएलमा सन् २०२२ बाहेक २००८ देखि २०२४ सम्म प्रतियोगिताका सबै संस्करण खेले । उनले आईपीएलमा १ सय ६२ खेलबाट १ सय ७४ विकेट लिएका छन् ।



