सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोनलाई प्रहरीले २७ किलो गाँजासहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक बिरेन्द्र जोहारीका अनुसार, बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको खानतलासी गर्दा पाँच पोका गाँजा बरामद भएको हो ।
पक्राउ परेका ब्लोनसँगै रहेका अर्का युवक भने प्रहरीलाई चक्मा दिई फरार भएका छन् । मोटरसाइकल र बरामद गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



