काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु न्यूनीकरणका लागि नीतिगत प्रबन्ध गरी आवश्यक कार्यहरु गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको प्रश्नोत्तर समयमा जवाफ दिँदै मन्त्री सुडीले जलवायु परिवर्तनको असर प्रति सरकार गम्भीर रहेको भन्दै जलवायु न्यूनीकरणका लागि नीतिगत प्रबन्ध गरी आवश्यक कार्यहरु गरिरहेको बताउनुभएको हो ।
उहाले सवारी साधनबाट उत्सर्जन हुने धुँवाको प्रदूषण मापनको नियमित व्यवस्था गरिएको बतायनुभयो । तोकिएको मापदण्डबमोजिम सवारी साधन प्रयोगकर्ताले वार्षिक परीक्षण गराइ हरियो स्ट्रिकर लिनुपर्ने व्यवस्था गरिएको उहाले बताउनुभयो । मन्त्री सुडीलाई सांसद प्रेम सुवाल र सांसद निशा डाँगीले प्रश्न गर्नुभएको थियो ।
