सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–६ का पूर्वशिक्षक ५० वर्षीय रामपुकार यादवको गोली लागेर मृत्यु भएको छ । नचिनेका मान्छेले उहाँलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गएराति घरमा छरछिमेकीसँग कुरा गरेर बसिरहेका बेला यादवलाई गोली प्रहार भएको थियो ।
टाउकोमा गोली लागेर घाइते भएका उहाँलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । घटनामा संलग्नको खोजी र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
