काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा उठेका बिषयहरुको जवाफ सदनमै उभिएर दिन पाउनुपर्ने बताउनुभएको छ । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सहकारी लगाएतका बिषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताउनुभएको हो । लोकतन्त्रमा प्रतिपक्षीले आफुलाई लागेका कुराहरु सदनमा उठाउन पाउनुपर्ने बिषयलाई आफुले सम्मान गर्ने भन्दै उहाले आफुले पनि सदनमा नै त्यसको जवाफ दिने अवसर पाउनुपर्ने बताउनुभयो ।
लामिछानले गृहमन्त्रालयको काम कारवाही, बिपत व्यवस्थापनको तयारी, भूकम्पपिडितको पुर्नवास लगाएतका बिषयमा समेत आफुले जवाफ दिन चाहिरहेको जिकिर गर्नुभयो । उहाले जाहेरी दिदैमा सदनमा सवै बिषयमा छानविन गर्न संसदीय समितिको आवश्यक नरहेको धारणा राख्नुभयो ।
रास्वपा सभापति समेत रहनुभएका लामिछानेले पार्टीका अन्य नेताहरुको पनि सहकारी प्रकरणमा नाम जोडिएको बिषयमा प्रचारबाजी मात्रै भएको तर्क गर्नुभयो । कसैमाथि प्रश्न उठ्दैमा आतिनुपर्ने अवस्था नरहेको उहाको भनाइ छ ।



