वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाइ नगरपालिका–२ मा बिहीबार बिहान आगलागी हुँदा घर, गोठ र चौपाया जलेर नष्ट भएका छन् । स्थानीय राजु रामको फुसको घरको चुलोबाट आगो सल्किदा आगलागी भएको थियो ।
भैंसीको खोले पकाउँदा लागेको आगो अचानक फैलिँदा फुसको घर र टाँसिएको गोठ पूर्णरूपमा जलेर नष्ट भएको हो। घरभित्रका लत्ता कपडा, भाँडाकुडा, गोठभित्रको भैंसीको पाडो र बाख्रा समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो निभाउने क्रममा राजु राम घाइते भएका छन्। उनलाई उद्धार गरेर नारायणी अस्पताल पठाइएको र अवस्था मध्यम रहेको छ। स्थानीयवासी र प्रहरीले करिब बिहान ६ बजे आगो नियन्त्रणमा ल्याएका थिए। आगलागीबाट करिब ४ लाख ५० हजार रुपैयाँ को क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साद्वारा जानकारी ।
