जिल्ला प्रहरी कार्यालय पर्सा अंतरगत ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली बाट खटेका प्रहरी टोलीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गर्न सफल भएका छन ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका ९ एकटांगाका बोतु राउत अहिरका छोरा ३४ वर्षीय जगमोहन यादव रहेका छन्।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको टोलीले यादवलाई पटेर्वा सुगौली गाउँपालिका ४ करबोलाबाट पक्राउ गरेको हो। प्रहरीले संदेहजनक रूपमा आईरहेको बिआर ०५ ए जी ६८०५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ८ किलो ४४० ग्राम गाँजा फेला परेको हो
प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार, गाँजा मोटरसाइकलको सिटमुनि लुकाई छिपाई राखी तथा केही मात्रामा यादवले शरीरमा बाँधिएको अवस्थामा फेला परेको हो ।
हाल पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।



