ईशनाथ नगरपालिका वडा नम्बर २ मा सञ्चालित बनाना रिसोर्ट (केराबारी) मा शनिबार बिहान करिब ३:४० बजे अचानक भएको आगलागीमा करिब ४० लाख भन्दा बढीको क्षति भएको सन्चालक राकेश गुप्ताले बताएका छन ।
नेपाल सरकार र श्री जौहरीमाई कृषी तथा सहकारी सस्थाको संयुक्त लगानीमा सन्चालनमा रहेको उक्त रिसोर्टमा भएको आगलागीका कारण कृषिमा प्रयोग हुने मेशीन, खाधान्न, फर्निचर, फ्रिज, लत्ताकपडा एवं भौतिक संरचना जलेर खरानी भएको सन्चालक गुप्ताले बताए।
रिसोर्टमा आगलागी भएपछि आगो नियन्त्रणका लागि स्थानीय, सशस्त्र र नेपाल प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिएको रौतहट प्रहरीले जनाएको छ।आगलगीको मुख्य कारण खुल्न सकेको छैन। बिजुली सरसर्किटबाट आगो लागेको प्रारम्भिक अनुमान गरिए पनि प्रहरीले गहण रूपमा घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।



