काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९४ हजार ४ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै बिहीबार नेपाली बजारमा पनि घटेको हो । चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३१० रुपैयाँ रहेकोमा आज २२७० रुपैयाँमा झरेको छ ।
