रौतहट । रौतहटको माधव नारायण नगरपालिका–४ बिसनपुरवा मानपुरका एक व्यक्तिको सिचाइका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको छ।
स्थानीय तुलसी मुखियाका अन्दाजी ४० वर्षीय छोरा रामबाबु मुखियाको मंगलवार बिहान करिब ७:५० बजे मृत्यु भएको हो। आफ्नै खेतमा सिचाइ गर्नका लागि मोटर जडान गर्दै गरेका मुखियालाई मोटरको तारबाट करेन्ट लागेको थियो।
गंभीर घाइते भएका उनलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिएका छन्। घटना बारे थप अनुसन्धान भइरहेको उनले बताएका हुन ।
