पर्सा । रौतहट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा सहित एक कार बरामद गरेको छन । प्रहरीले आज बिहान गरुडा नगरपलिका ५ झाझपुल नजिकबाट नेपाली नम्बरको ब्रेजा कारबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छन ।
।
चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारबाट इलाका प्रहरी कार्यालय गरुडाको प्रहरीले एक क्विन्टल ३३ किलो लागू औषध गाँजा बरामद गरेको हो । गौर चन्द्रनिगाहपुर सडकखण्डमा चेकजाँचमा गर्ने क्रममा खटेका इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न रोक्न खोज्दा कार चालकले गाडी हुक्याउँदै भागेका थिए ।
भाग्दै गरेको कारलाई प्रहरीले पछ्याउँदै जाँदा झाझपुल स्थित सडक छेउमा रहेको करिब २० फिट खाल्डोमा गाडी झारेर चालक फरार भएका थिए । त्यसछि क्रेनको सहाराले गाडीलाई खाल्डोबाट बाहिर निकालिएको थियो। गाडीलाई खानतलासी गर्दा ठुलो मात्रामा लागु औषध गाँजा बरामद भएको हो बरामद गाडी हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको छ ।
गाडीबाट १ सय ३३ किलो लागू औषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाका नायब उपरीक्षक राजन कार्कीले बताएका छन्। बरामद गरिएको गाँजा र गाडी बारे अनुसन्धान भइरहेको तथा फरार चालकको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।
बरामद भएको गाडीको माध्यमले नै गाँजा कारोबारीहरुको पोल खुल्ने अनुमान गरिएको छ। एका बिहानै ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेर गरुडा प्रहरीले ठूलो सफलता हात पारेको छ।
