बीरगंज । शसस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साका हालै नियुक्त शसस्त्र प्रहरी उपरिक्षक पुरणचन्द भट्ट ले पदभार ग्रहण संगै पर्सा जिल्लामा तस्करी नियन्त्रण मा कडाई भएका छन । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले भन्सार छलिको आशंकामा करिब १२ लाख भन्दा बढीको धान तथा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरी बल पर्सा का हालै नियुक्त शसस्त्र प्रहरी प्रमुख प्रहरी भट्टको नेतृत्वमा सञ्चालन भइरहेको तस्करीविरुद्धको अभियान अन्तर्गत उक्त कारबाही गरिएको छ । २०८२ साल साउन ५ गते साँझ करिब ६:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका २६ स्थित तिलावेपुल क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती टोलीले करिब ६४ क्विन्टल धान लोड गरिएको ट्याक्टर नियन्त्रणमा लिएको थियो।
सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गतको प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौका प्रमुख तथा शसस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण पुजाराको कमाण्डमा खटिएको टोली ले उक्त ट्रयाक्टर नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण पुजारा समेत ५ जना सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
टोली को गस्तीका क्रममा प्रदेश २–०२–००१ त ०३१५ नम्बरको ट्याक्टरमा कुनै प्रकारको बिल-बिजक नदेखाई ल्याइँदै गरेको ठूलो परिमाणको धान फेला परेपछि शसस्त्र प्रहरीले उक्त ट्याक्टरसहित धान नियन्त्रणमा लिई थप आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक पुजाराले बताए ।
बरामद गरिएको धानको मूल्य करिब रु. २,११,२०० रहेको छ तथा उक्त कार्यमा प्रयोग गरिएको ट्याक्टरको अनुमानित मूल्य रु. १० लाख रहेको यसरी बरामद गरिएको सामानहरूको कुल मूल्य रु।१२,लाख भन्दा बढी रहेको छ आवश्यक कारवाही को लागि धान समेत ट्रयाक्टर बीरगंज भंसार बुझाईको शसस्त्र प्रहरी पर्सा द्वारा जानकारी ।
