रौतहट । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित जानकी टोलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले केशव सुनुवारको घरको तेस्रो तल्लामा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा जीतपुरसिमराका सुसन खाती सुनार, बलराम विश्वकर्मा, सुमन कुमार भट्टराई, अभय कुमार श्रीवास्तव, केशव सुनुवार ९घरधनी०, थहल वहादुर विश्वकर्मा, शिवजी प्रसाद साह, राज कुमार भट्टराई र बलराम कुमार क्षेत्री रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताएका छन् ।
उनीहरूको साथबाट नगद १ लाख ५४ हजार ६८० रुपैयाँ र तास बरामद गरिएको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जनाएको छ । पक्राउ परेका सबैजना प्रहरी नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको प्रवक्ता पण्डितले जानकारी दिएका छन् ।
