Flat Icon.
साउन १ रौतहट नेपाली कांग्रेस रौतहटले सदरमुकाम गौरमा जग्गा खरिद गरेको छ । कार्यालय भवन निर्माण गर्ने उद्देश्यले गौर नगरपालिका वडा नं ३ मा ५ कठा ९ धुर जग्गा खरिद गरेको नेपाली कांग्रेस रौतहटका सचिव रामचन्द्र गिरी द्धारा जानकारी ।
पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक तथा चन्दा दाताको सहयोगमा २५ लाख प्रति कठाको दरले सो जग्गा खरिद गरिएको सचिव गिरीले बताए नेपाली कांग्रेस रौतहटका सचिव एवं प्रदेश सभा सदस्य प्रत्यासी रामचन्द्र गिरीले वर्षौ देखिको अथक प्रयासपछि पार्टीको जिल्ला कार्यालयका लागि आफ्नै जग्गा खरिद गरिएको बताउनुभयो ।
जिल्ला कार्यालयको आफ्नै भवन नहुँदा कुनै पनि कार्यक्रम हुदा बिभिन्न किसिमका समस्याका सामना गर्नु पर्थ्यो तथा कार्यालय सञ्चालनमा हुँदै आएको समस्या केहि महिनामै अन्त्य हुने जिल्ला सचिव गिरीले बताएका छन । नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले चाँडै भवन निर्माण कार्य सुरु हुने बताउनुभयो ।
सबैको अपनत्व हुने गरी कार्यालय भवन निर्माण गरिने तथा भवन निर्माणमा सहयोग गर्न सबैको साथ सहयोगको खाँचो रहेको मधेश प्रदेश सभापति यादवले बताउनुभयो ।
नेपाली कांग्रेस रौतहटको आफ्नै कार्यालय भवन निर्माणपछि पार्टीको गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने मधेश प्रदेश सभापति यादवले बताउनुभयो ।
