आषाढ १८ पर्सा । पर्सा जिल्ला पटेर्वा सुगौली गाउँ पालिका वडा नं १ अन्तर्गत दुग्धेश्व्ररनाथ महादेव भाथाधाम मंदिर परिसर मै मेलाको तयारी ब्यवस्थापन सुरक्षा लगायतका विभिन्न जानकारी का लागि बाबा दुग्धेश्व्ररनाथ महादेव भाथाधाम पत्रकार समिति तथा भाथाधाम मेला समिति को संयुक्त आयोजनामा पत्रकार सम्मेलन गरेको हो ।
पत्रकार सम्मेलनमा मेला समितिका अध्यक्षले भाथाधाम मेला पर्सा जिल्लालाई पर्यटन क्षेत्रको रुपमा चिनाउने धर्म स्थल भएपनि केन्द्र सरकार र प्रदेश सरकार द्वारा अपेक्षीत गरेको हामीले महसुस गरेका छौ ।
पर्सा जिल्लाबाट अहिले ५ जना मंत्री छन ३ जना केन्द्र मा र २ जना प्रदेश मा हामी ले पटक पटक पाचै जना मंत्रीहरु लाई भाथाधाम मेला बारे अवगत गराए पनि मंदिर ब्यवस्थापन मंदिर सम्म पुगन बाटो निर्माण लगायतका कुरा हरु राखे तर कहि कतै बाट कुनै पहल भएन बितेको आषाढ २० गते भौतिक पूर्वाधार कार्यालय बा हामी चिठी ट्रस्ट तथा रेलिङ को लागी त्यो पनि चार दिन मै काम सम्पन्न गर्न भनेर हामी दिन रात गरी त्यो पनि सम्पन्न गरे तर भौतिक पूर्वाधार कार्यालय बीरगंजका कार्यालय प्रमुख बबिता जसवाल को मनोपोली हिसाब ले पैसा पाएन २५ गते खाता बन्द भयो कहिले आउने हो थाहा छैन ।
काम गर्ने हरुला कहा बाट दिने मेला को ब्यवस्थापननको चिन्ता छुटै छ मेला मा स्थानिय सरकार बाहेक कसेको सहयोग न भएको मेला समिति का अध्यक्ष ले बताए।
भाथाधाम पर्सा जिल्ला मै नाम चलेका धर्म स्थल स्थल भएपनि प्रचार प्रसार को कमिले बाहरी दातृनिकाय तथा सरकार सम्म भाधाधाम को जानकारी को लागि पहिलो चोटी दुग्धेश्व्ररनाथ महादेव भाथाधाम पत्रकार समिति बनाई बृहद रुपले प्रचार प्रसार होस भन्ने उदेश्य हामी काम गरेको पत्रकार समिति का अध्यक्ष सम्भु महतो ले बताए ।
