वीरगञ्ज । निकुञ्ज अन्तर्गत पर्ने पटेर्वासुगौली गाउँपालिका–१ मा हरेक वर्ष आयोजना हुने श्री श्री १०८ बाबा दुधेश्वरनाथ भाथाधाम मेलाको प्रचारप्रसारका लागि गठन गरिएको पत्रकार समिति मंगलबार बैठकले विस्तार गरिएको छ । शनिबार प्रारम्भिक समिति गठन गरिएकोमा मंगलबार थप सदस्यहरू समेटेर समिति विस्तार गरिएको हो। प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको संयोजक शम्भु महतो थारूले जानकारी दिए ।
समितिका अध्यक्षमा शम्भु महतो थारू चयन भएका छन् भने राजकुमार सर्राफ र ओमप्रकाश थारु उपाध्यक्ष चयन भएका छन् । सचिवमा बलिराम यादव, कोषाध्यक्षमा एन्जल चौधरी र सदस्यमा शैलेश गुप्ता, निरन्जन साह, राजन बानिया, दिनेश मिश्र, कन्हैया पटेल, विनोद यादव, श्रीनारायण महतो, श्याम सर्राफ र राजन सिंह चयन भएका छन् ।
त्यसैगरी, सल्लाहकारको रूपमा ध्रुव साह, मनोज कुमार मिश्र, राजेन्द्र सिंह, कृष्णा कुशवाहा, पन्नालाल साह, ज्ञाशु मियाँ देवान र प्रमोद यादव रहेका छन् ।
समितिका सदस्यहरू आ–आफ्नो क्षेत्रबाट मेला प्रचारप्रसारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । विगतका वर्षहरूमा भारतबाट आएका भक्तजनहरू विभिन्न समस्यामा परेकाले यसपटक प्रारम्भदेखि नै तयारी थालिएको समिति सदस्यहरूको भनाइ छ ।
यसैबीच, समितिको सर्वसम्मत निर्णयअनुसार यही असार २९ गते आइतबार भाथाधाम अवलोकन भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ । मेला यही असार २७ गतेदेखि औपचारिक रूपमा सुरु हुनेछ ।
