वीरगञ्ज । बाराका किसानले यस वर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन् । कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले दिएको जानकारीअनुसार किसानले १८ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको चैते धान खेती गरेका थिए ।
गत वर्ष १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो, जसअनुसार यस वर्ष खेती गरिएको क्षेत्रफलमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका अर्थ विज्ञ गणेश महराले बताए । उत्पादित धान किसानहरूले कलैया बजारमा प्रतिक्विन्टल दुई हजार २०० रुपैयाँमा बिक्री गरिरहेका छन् । गत वर्ष भने चैते धान प्रतिक्विन्टल तीन हजार रुपैयाँको दरले बिक्री भएको थियो, जसअनुसार यस वर्ष धानको मूल्यमा गिरावट आएको छ ।
