काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । नुवाकोटको विदुर नगरपालिका–१, लभ डाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीया श्रीमती मंगली तामाङको त्रिशूली नदीबाट सकुशल उद्धार गरिएको हो।
उद्धारपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ । सहायक रथी बस्नेतले थपे, ‘उद्धारका लागि नेपाली सेनाको एमआई १७ र एक्वेरल हेलिकोप्टर खटिएको छ ।’ पहिलो हेलिकप्टरले उनीहरुको उद्धार नगरी फर्किएको थियो । पछि अर्को ठूलो हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो ।
