मधेश प्रदेश जिल्ला प्रहरी कार्यालय का घुमुवा प्रसनि राम प्रवेश यादव प्रहरी प्रधान कार्यालय मा तानिएका छन ।
जिल्ला प्रहरी कार्यालय सर्लाही का अर्थ संकलन गर्ने काम मा खटेका घुमुवा प्रसनी राम प्रवेश यादव जिल्ला प्रहरी कार्यालय सर्लाही का प्रमुख को घुमुवा रहे पनि प्रहरी महानिरीक्षक दिपक थापा को नाम तस्करहरु बीच बेचेर व्यापक तस्करी गराई तस्कर संग रकम असुल्ने गरेको समाचार यस टेलिभिजनको अन लाईन मा प्रकाशन पश्चात प्रसनी यादव लाई प्रहरी प्रधान कार्यालय नक्साल ले झिकाएको एक विश्वस्त शुत्र ले जनाएको छ ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय का प्रहरी उपरीक्षक योगेन्द्र कुमार खडका लाई सम्पर्क गर्न खोज्दा सम्पर्क मा आएन्न, हाल सम्म सर्लाही मा लागु औषधको कारोबार तथा चाइनीज कस्मेटिक कबाड लगायत का समानको तस्करी बन्द भएको छै ।
