वीरगंज । सानो सानो खुशीका पलहरुलाई सामाजिक सेवामा बदल्ने सकारात्मक पहलको उदाहरण बनेका छन् वीरगञ्ज–११ का सरोज रौनियार । उनले आफ्नी भतिजी निधी रौनियारको दोस्रो जन्मदिन विशेष बनाउने उद्देश्यले परिवारसहित वीरगञ्ज स्थित मानवसेवा आश्रममा जन्म दिनको खुशी साटासाट गरेका छन ।
रौनियार परिवारले आश्रममा आश्रित करिब ५० जना जेष्ठ नागरिक तथा असहाय आमाबुबाका लागि विशेष खाजाको व्यवस्था गरी । आश्रममा रहेका आमाबुबाहरूसँग समय बिताउँदै उनीहरूलाई मिठो मिठो परिकारका खाने कुराहरू खुवाएका थिए ।
रौनियारले भने, हाम्रो सानो प्रयासले यहाँ रहेका आमाबुबाको अनुहारमा खुशी देख्दा आत्मसन्तोष संतुष्टी भयो । आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्य निरन्तर गरिरहने उनले बताए ।
यस्ता सेवाप्रतिको आकर्षण पछिल्लो समय वीरगञ्जमा बढ्दो छ। धेरै व्यक्तिहरू जन्मदिन, वैवाहिक वर्षगाँठजस्ता व्यक्तिगत विशेष दिनहरूलाई सामाजिक सेवामा बदल्न थालेका छन् । यस्ता अवसरहरूलाई स्वागत गर्दै समाजमा सकारात्मक सन्देश फैलाइरहेको आश्रम का संयोजक देवेश गुप्ता ले बताए ।
