धनगढी । धनगढीमा भारी वर्षाका कारण घरहरू डुबानमा परेका छन् । धनगढी उपमहानगरपालिका-८ पूरा टोलहरू डुबानमा परेका छन् । टोलका मान्छेहरू घरभित्र पानी पसेपछि सडक बाहिर आएका छन् । बाहिर नालाको पानी टोलभित्रको पसेको स्थानीयहरू बताउँछन् । घरमा, पसलमा पानी पसेपछि स्थानीयहरू समस्या छन् ।
बिहानैदेखि घरभित्रको सामानहरू कहाँ राख्ने समस्या भएको छ। नालामा पानीको निकासको व्यवस्था नहुँदा समस्या भएको स्थानीयहरूको भनाइ छ । अहिले डुबानका कारण स्थानीयहरू समस्यामा रुमलिएका छन् ।



