बीरगंज । पानी टंकी टोल बिकास उपभोक्ता समितिको आयोजना तथा मिनाबजार सामुदायिक प्रहरी बसपार्क प्रहरी चौकी मिनिलैन्ड ई।बो।स्कुल बसपार्क ट्राफिक प्रहरी को सहकार्यमा एक दिने सरसफाई अभियान सम्पन्न भएका छन। बीरगंज महानगरपालिका भित्र सरसफाई को को दृष्टिले हेर्दा चारै तिर सफा स्वच्छ र हरित बीरगंज को रुप मा चिनाउदै गैरहेको ले पानीटंकी टोल पनि पहिलेको भन्दा सफा स्वच्छ नै छ तर महानगरपालिका ले मात्रै सरसफाई गरेर हुदैन।
हामी नगरबासी पनी उतिकै जिम्मेवार हुनपर्छ। टोल बासी मा फेरी बाटो वा घर अगाडि फोहोर नगरौ न गराऔं उदेश्य ले सरसफाई जनचेतना अभियान गरेको टानी टंकी टोल बिकास उपभोक्ता समिति का अध्यक्ष रामाधार सरार्फ ले बताए ।
साथै हाम्रो वरिपरि फोहोर भए बिभिन्न किसिमका रोगहरु पनि लाग्ने तथा बाहिरको पाहुना हरु आउदा हामी प्रतिको हेर्ने दृष्टिकोण फरक भएकाले जहिले पनि सरसफाई मा बढी ध्यान दिनु आवस्यक पर्दछ बसपार्क प्रहरी चौकीका ईन्चार्ज धिरेन्द्र थपलिया ले बताए। कार्यक्रम मा मिनाबजार सामुदायिक प्रहरी ईन्चार्ज उपेन्द्र साह मिनाबजार सामुदायिक प्रहरी का अध्यक्ष बासु सहनी। प्रवेश सरार्फ पानीटंकी टोल बिकास उपभोक्ता समिति का सचिव सुरेश बादल कोषाध्यक्ष प्रेम साह ट्राफिक प्रहरी बसपार्क का ईन्चार्ज धर्मेन्द्र झा वडा नं ८ का वडा अध्यक्ष रितेश गुप्ता पुर्ब वडा अध्यक्ष राजकिशोर गुप्ता मिनिलैन्ड का फाउ्न्डर लालबाबु पटेल संचारकर्मी राज सरार्फ लगायत मिनिलैन्ड का बिधार्थीहरु श्रीपुर वडा प्रहरी का प्रहरीहरू बसपार्क प्रहरी चौकीका प्रहरी हरु लगायत स्थानिय हरु को उल्लेखनीय सहभागिता रहेको थियो।



