पर्सा । सशस्त्र प्रहरी बल पर्साद्वारा २५ कार्टुन गोटा ब्रोईलर कुखुराको चल्ला नष्ट गरेका छन । तथा चल्ला ढवानी गर्ने ब्यक्ति र मो।सा। भन्सार दाखिला गरेको हो । मिति २०८२।०३।०८ गते सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुर बाट खटिएको टोलिले धोबिनी गा.पा. ०१, घोडदौडाबाट भारतबाट अबैध रुपमा चोरी पैठारी गरी भारतिय नं. प्लेटको मो.सा.मा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको २५ काटुन ( २५०० गोटा ) प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जन प्रतिनिधी, संचारकर्मी तथा क्वारेनटाईन कार्यालयका प्रतिनिधिहरुको रोहरबरमा नं.१३ गण परिसर भित्र नष्ट गरिएको साथै छ ।
उक्त चल्ला पैठारी कार्यमा संमलग्न जिल्ला पर्सा जगरनाथपुर गा.पा-२ का अं. बर्ष ५० को साबिर अंसारि सहित मो.सा.आवश्यक कारवाहिका लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको शसस्त्र प्रहरी बल पर्साका सुचना अधिकारी तथा शसस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर द्धारा जानकारी ।
