काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन गरी फरार भनिएका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरी नेपाल ल्याइएको छ । उनलाई गएराति नेपाल ल्याइएकोे प्रहरीले जनाएको छ ।
उनले मितेरी सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको आरोप छ । प्रहरीले भण्डारीसहित नेपाली कांग्रेसका सांसद तथा उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङविरूद्ध रेड कर्नर नोटिस जारी गरेको थियो ।
ज्योति गुरूङले सहकारीको ६ करोड रूपैयाँभन्दा बढी अपचलन गरेको आरोप छ । रेड कर्नर नोटिसका आधारमा भण्डारी कम्बोडियामा पक्राउ परेपछि नेपाल प्रहरीको टोलीले नेपाल ल्याएको हो । मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले गरिरहेको छ ।
