काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि भूमि समस्या समाधान आयोगले निवेदन आह्वान गरेको छ । उनीहरु लाई जग्गा वितरणका लागि आयोगले पुनः सूचना प्रकाशित गर्दै निवेदन माग गरेको हो ।
तोकिएको ढाँचामा फाराम भरी यही जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सकिनेछ । निवेदन संकलनका लागि स्थानीय तहका वडाहरूमा संकलक खटिएका छन् । उनीहरू मार्फत निवेदन दिन सकिने आयोगले जनाएको छ । यो सूचना पहिलो पटक वैशाख ३१ गते प्रकाशित भएको थियो ।

