काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ९३ हजार २ सयमा कारोवार भइरहेको छ ।
यसअघि मंगलवार सुन तोलाको १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार ७५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।
