वीरगञ्ज । मिति २०८२।०२।२० गते सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे।क्वा।पर्साबाट खटिएको टोलिले बीरगंज म.न.पा.स्थित बिभिन्न स्थानहरुबाट रु.७,३९,९५० बराबरको भन्सार छली नेपाल भित्र्याईएको बिभिन्न किसिमका सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
साथै आजकै मितिमा प्र.सी.सु.गुल्म बीरगञ्जबाट खटिएको गाडी मोबाईल टोलीले बहुअरी चोकबाट परवानीपुर तर्फ जाँदै गरेको ब्रोइलर कुखुरा लोड गरिएको प्रदेश २-०३-००१ च ४१६७ नम्बरको बोलेरो पिकअप गाडीलाई वीरगञ्ज म.न.पा.-२५, बहुअरी चोकमा रोकेर चेकजाँच गर्दा उक्त गाडीको साथमा ब्रोइलर कुखुराको विल, ख्ऋत्क् तथा भेटेरिनरीको प्रमाणपत्र नभएको भेटिएको र उक्त गाडीलाई चालकले बेवारिसे अवस्थामा बाटोमै छाडेर भागेको हुँदा भन्सार छली चोरी-पैठारी गरि भारतबाट नेपाल भित्र्याइएको मूल्य रु.१,८४,०००।- बराबरको ब्रोइलर कुखुरा सहितको उक्त गाडीलाई नियन्त्रणमा लिई गाडिको रु।२५,००,०००।- भन्सार मुल्याङ्कन गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ र उक्त ब्रोइलर कुखुरा आवश्यक प्रकृया पुरा गरी आजै नष्ट गरिएको छ साथै सोहि गुल्मले बिभिन्न सीमा नाकाहरुबाट रु. २,७३,१६० बराबरको मोबाईल तथा ईलेक्ट्रिक सामानहरु समेत नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बीरगंज भन्सार कार्यालयमा पठाइएको । शसस्त्र प्रहरी बल पर्साका सुचना अधिकारी तथा सुचना अधिकारी देबेन्द्र बहादुर सिंह द्धारा जानकारी ।
