काठमाडौं । रक्षामन्त्री हरि प्रसाद उप्रेतीले विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा मन्त्री उप्रेतीले सेना वा कसैलाई पनि विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट नभएको बताउनुभएको हो ।
उहाले नदिजन्य बस्तुको अभावले फास्ट ट्रयाक बनाउन ढिलाई भएको पाइएकाले सेना आफले क्रसर राखेर काम गर्न भनेको पनि धारणा राख्नुभयो । फास्ट ट्रयाकलाई तोकिएको समयमा नै सम्पन्न गर्न फास्ट रुल बनाउन जरुरी रहेकाले आफुले यसको तयारी गरिरहेको उहाले बताउनुभयो ।
मन्त्री उप्रेतीले सेनाले गरेको हर कामको अनुगमन र निरिक्षण गर्ने र ढिलाईको कारण पत्ता लगाउने दावी गर्नुभयो । उहाले देश बनाउने संकल्प सवैले गरे मुलुक बन्न कसैले रोक्न नसक्ने जिकिर गर्नुुभयो ।
