काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य आज पनि घटेको छ । सुनको मूल्य आज तोलामा १ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाल सुन आज तोलामा १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी आज तोलामा २ हजार ५ रुपैयाँले कारोबार भइरहेको छ । मंगलबार भने चाँदीको मूल्य घटेको थियो ।
