काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ । सुनको मूल्य आज दुई सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य घटेर आज सुन प्रतितोला एक लाख ९० हजार नौसय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार एक सय रुपैयाँ थियो ।
गएको आइतबार भने सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको थियो । आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँ घटेको छ । आइतबार र सोमबार प्रतितोला २ हजार ५ रुपैयाँमा स्थिर रहेको चाँदीको भाउ आज प्रतितोला एक हजार नौसय ९५ रुपैयाँमा झरेको हो ।
